You are viewing the translated version of पेशागत आचरण पालना गर्नु पर्ने.

Rule 25
पेशागत आचरण पालना गर्नु पर्ने
(१) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले पशु स्वास्थ्य तथा पश व्यवसाय सञ्चालन गर्दा नियम २४ को उपनियम

(१) बमोजिमको राष्ट्रियस्तरको आचारसंहितामा उल्लिखित व्यवस्थाको अतिरिक्त देहाय बमोजिमको पेशागत आचरण पालन गर्नु पर्नेछः-

(क) अनुशासित र इमान्दारीपूर्वक पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्ने,

(ख) सेवाग्राहीसँग शिष्ट व्यवहार गर्ने,

(ग) आफू दर्ता भएको श्रेणीले गर्न पाउने पशु स्वास्थ्य तथा “पशु सेवा व्यवसाय मात्र गर्ने,

(घ) पेशागत व्यवसायको प्रचार प्रसार गरी कुनै किसिमको अनुचित आर्थिक लाभ प्राप्त गर्न नहुने,

(ङ) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको पेशामा आँच आउने किसिमको कुनै क्रियाकलाप गर्न नहुने,

(च) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको सिलसिलामा आफूले गर्ने प्रत्येक कामको व्यक्तिगत रूपमा उत्तरदायी हुनु पर्ने।

(२)-उपनियम (१) बमोजिमको पेशागत आचरणको पालना गर्नु गराउनु पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको कर्तव्य हुनेछ।